काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज ३.८१ अंकले घटेर नेप्से २०१९.७३ विन्दुमा बन्द भएको हो । २६२ कम्पनीको ३९ लाख ४६ हजार कित्ता सेयर खरिद बिक्रि हुँदा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे हुदाँ जलविद्युत समूहको उपसूचक २२.७३ अंकले बढेको छ। साथै, बैंकिङ समूहको उपसूचक ४.५३, विकास बैंंक १७.७०, वित्त कम्पनी ४.५८, होटल तथा पर्यटन ३०.९९, जीवन बीमा २२.२८, उत्पादन तथा प्रशोधन २४.०५, माइक्रोफाइनान्स ३१.१२, निर्जीबन जीवन बीमा ४४.३०, अन्य समूहको उपसूचक १०.३९ अंकले घटेको छ ।
कारोबारमा आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ। यस्तै, प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सी, स्वाभिमान लघुवित्त, एनएमबी माइक्रोफाइनान्स र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी भएको छ । यसको आज ७ करोड ५५ लाख ११ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment