सीवाइसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेबाट सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

सीवाइसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेबाट सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जपछि अब सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक कास्कीमा रहनेछ ।

यता, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ कारोबार फागुन २८ र २९ गते बन्द हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलबार ११:५४ 28 February, 2023 11:54 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।