सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम एक अर्बमा खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम एक अर्बमा खुम्चियो



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२५ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर खरिद बिक्रि हुँदा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएको होटल समूहको उपसूचक ४३.८१, निर्जीबन बीमा ७.२७, अन्य समूहको उपसूचक ११.८० र ट्रेडिङ समूहको उपसूचक १२.६५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको उपसूचक १.३८, विकास बैंक १३.०८, वित्त कम्पनी २८.४७, जलविद्युत ७.४१, जीवन बीमा ८.९६, उत्पादन तथा प्रशोधन २३.३७, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.३८ अंकले घटेको छ ।

आज सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको सेयरमूल्य बढेको छ । साथै, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६ करोड ६८ लाख ८ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १५:३७