सरकारबाट फिर्ता हुने एमालेकाे निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारबाट फिर्ता हुने एमालेकाे निर्णय



काठमाडौं । नेकपा एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

यस्तै एमालले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। पछिल्लो समय एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुप्रति गरेको व्यवहारको भत्र्सना गर्दै पार्टीले सरकार छाड्ने निर्णय गरेको एमालेका नेता एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

यो निर्णय संघीय सरकारका लागि मात्रै भएको र प्रदेश सरकारका लागि निर्णय नभईसकेको एमालेको भनाई छ ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १३:२९