सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स



काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङस्ले आफुले विक्रि गर्दै आएका सुजुकि व्राण्डका विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरुको विक्रि व्यवस्थापन गर्न सीजी जेक्स्टजिन को अवधारणा ल्याएको जनाएको छ ।

सोही अवधारणा अन्तर्गत ग्राहकहरुलाई विश्व स्तरिया सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्येश्यका साथ नक्साल काठमाडौँमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी जेक्स्टजिन च्यानलको बेन्चमार्क पनि हो ।

ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको कम्पनीले जनाएको छ । सीजी जेक्स्टजिन मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरु उपलब्ध हने छन् भने ग्राहकहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीले जनाएको छ ।

यहि बिश्वासको साथ नक्साल स्थित स्टेट अफ आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्राण्ड भेटारा, इर्टिग्रा, एक्सएल ६ जस्ता प्रिमियम गाडीहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराईनेछ ।

नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाले संयुक्त रुपमा गरेका थिए ।

स्मार्ट सिरोजेनिक्सका निर्देशक, बिनोद शिरोहियाका अनुसार, “सुजुकी नेपालकै सर्वाधिक बिक्रि हुने अटोमोबाइल ब्रान्ड हो । सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन् । हामीले आफ्नो यो शोरुम बाट सुजुकीका ग्राहकहरु लाई उत्कृष्ट सेवा प्रदान गर्नेछौ ।”

प्रकाशित : 27 February, 2023 12:19 pm