बलेफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बलेफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने जनाएको छ । कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १६:५२