सेयर बजारमा झिनो अंककाे सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंककाे सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन आइतबार झिनो अंकले बढेको छ । आज बजार ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२४ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३२ अंकले गिरावट आएको छ ।

२६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको उपसूचक ११.५७, जीवन बीमा १३.९६,उत्पादन तथा प्रशोधन समूहको १४.८५ र ट्रेडिङ समूहको उपसूचक ३०.५० अंकले घटेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १०८.४५, विकास बैंक ३०.२०, वित्त कम्पनी ७२.२१, होटल समूह ७२.२१, जलविद्युत समूहको उपसूचक १८.८८, निर्जीबन बीमा समूहको उपसूचक २७.५९ र अन्य समूहको ३.०५ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् भने सिटिजन म्युचुअल फण्ड–१ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।


कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज १० करोड ५८ लाख ७० हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १५:४४