सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर थपिएको छ। कम्पनीको कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९का लागि कुल ९.४७३७ लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ नगद लाभांश थिए। सोही ९ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १५:१८