सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु गलत हाे : अध्यक्ष कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु गलत हाे : अध्यक्ष कँडेल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु सही नभएको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण तत्काल आवश्यक रहेको बताए ।

सहकारी ठूलो बन्दैमा बिग्रिन्छ भन्ने होइन । १० अर्ब भन्दा बढी पुँजी भएको सहकारीहरू पनि रहेका छन्’ उनले भने, ‘कोरोना महामारी र विश्वभर आएको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसले गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या देखिएको छ । सहकारीमा मात्रै यस्तो समस्या देखिएको होइन ।’

‘गैर-कानुनी रुपमा आर्जन भएको पैसा सहकारीमा नआओस यसमा अभियान र आफुहरु सचेत रहेको भन्दै सहकारीमा आएको पैसाबारे राज्यले छानबिन गरोस् भन्ने हाम्रो पनि मान्यता छ । उनले भने,सरकारले सहकारीको निरन्तर अनुगमन नियमन गरेको भए आज ओरियन्टल, सिभिल सहकारी जन्मने थिएन् ।’

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १३:५९