च्याउ उम्ब्रेसरी मनलाग्दी रुपमा सहकारी खोलिँदा समस्या देखियाे :चिन्तामणि शिवाकोटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

च्याउ उम्ब्रेसरी मनलाग्दी रुपमा सहकारी खोलिँदा समस्या देखियाे :चिन्तामणि शिवाकोटी



काठमाडौं। नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले च्याउ उम्ब्रेको जसरी मनलाग्दी रुपमा सहकारी खोलिँदा समस्या आएको बताएका छन् । आईतबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले आयोजन गरेकाे सहकारीका संकट: समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।

 थोरै पुँजीमा खोलिएको सहकारीले केहीलाई कर्जा दिएपछि पैसा सकिने अवस्था आएको उनको भनाइ छ । ‘पहिलैदेखि भएका सहकारीलाई पूँजी बृद्धि गरेर अगाडि बढाएको भए आज यस्तो समस्या आउने थिएन उनले भने, । सहकारीले उत्पादन बढाउनु पर्ने, सदस्यहरूको आर्थिक कारोबारलाई बढावा दिनु पर्ने, रोजगारी दिनुपर्ने र मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने भनेर सहकारी खेलिएको भएपनि उनले सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्ने तर्फ लाग्दा अहिले समस्या देखिएको उनको भनाइ छ ।

कोभिडको असर अझै सहकारीमा विद्यमान रहेकाे भन्दै समाधानका लागि अब सहकारीहरु मर्जर र पूँजी बढाउनतीर ध्यान दिनुपर्ने उनकाे भनाइ थियाे । त्यसैगरी, उनले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रीय बैंकले नियमनको जिम्मेवारी नलिने बताए । साथै, कारबाही गर्ने अधिकार पाउने हो भने राष्ट्र बैंकले नियमन गर्न सक्ने उनकाे भनाइ थियाे ।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १३:०७