नेपाल टेलिकममा खुल्यो जागिरको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल टेलिकममा खुल्यो जागिरको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन



काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी १ जना, वरिष्ठ टेलिकम इन्जिनियर तर्फ २ जना, वरिष्ठ लेखा अधिकृत १ जना, टेलिकम इन्जिनियरमा १० जना, टेलिकम इन्जिनियर कम्युटरतर्फ ५ जना, टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स ३ जना, सिभिल इन्जिनियर १ जना, सहायक लेखा अधिकृत ४ जना, सहायक प्रशासकीय अधिकृतमा ३ जना, सहायक व्यापार अधिकृतमा ४ जना, टेक्निसियनमा ११ जना, सहायकमा ११ जना र जुनियर टेक्निसियनमा १७ जना गरी ७३ जना कर्मचारकिो माग गरेको जनाएको छ ।

ईच्छुक व्यक्तिले चैत २ गतेसम्म आवेदन दिइसक्नु पर्ने प्रकाशित सूचनामा उल्लेख छ दोब्बर दस्तुर तिरेर भने चैत ९ गतेसम्म आवेदन दिन पाउने समय राखिएको छ ।

टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १२:२६