५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो ।

यसको ब्याजदर १२.५०५ तोकेको छ । राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्नेछ। उक्त ऋणपत्र चैत १० गते निष्कासन गर्नेछ भने २०८४ चैत १० गते साँवा भुक्तानी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर ६ महिना नपुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफ्नो परिवारको नाममा खरिद गर्न सक्नेछन् । यसको ब्याज ६­६ महिनामा भुक्तानी हुनेछ ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १२:०४