नेप्सेमा २२ लाख ८९ हजार निफ्राको ऋणपत्र सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा २२ लाख ८९ हजार निफ्राको ऋणपत्र सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको ऋणपत्र सुचिकृत भएको छ। आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो।

ऋणपत्र सुचिकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुनेछ । ऋणपत्रको कारोबार NIFRAUR85/86 सिम्बलबाट हुने छ ।

बैंकले मङ्सिर २९ गतेदेखि पुस १४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो । ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्काशन गरि नेप्सेमा सुचिकृत गरेको हो।

प्रकाशित : 23 February, 2023 2:01 pm