कृषि विकास बैंककाे अध्यक्षमा पुडासैनी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंककाे अध्यक्षमा पुडासैनी नियुक्त



काठमाडौं । पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष भएका छन् । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहीबार ११:३७