ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको हो ।

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ’ सूचनामा भनेको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । जसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने केन्द्रीय बैंकको भनाइ रहेको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई केन्द्रीय बैंकले आग्रह गरेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलवार १३:१६