आदर्श सञ्चारले तोक्यो सात जनालाई सल्लाहकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

आदर्श सञ्चारले तोक्यो सात जनालाई सल्लाहकार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ७ जनालाई संस्थाको सल्लाहकार चयन गरेको छ ।
संस्था स्थापना गर्ने संस्थापकदेखि संस्थाको विभिन्न अभियानमा महत्वपूर्ण योगदान पु¥याएका शेयर सदस्यहरु मध्येबाट ७ जनालाई सल्लाहकार चयन गरिएको संस्थाले जनाएको छ ।

संस्थाको सञ्चालक समितिको वैठकले संस्थापक अध्यक्ष मन कुमारी केसी जिसी, निवर्तमान अध्यक्ष अमर बहादुर थापा, संस्थापक लेखा सुपरीवेक्षण समितिका संयोजक डिल बहादुर कार्की, एकता अभियानबाट रुद्र बहादुर महतलाई सल्लाहकार चयन गरेको हो ।
यस्तै शेयर सदस्यहरु कमल प्रसाद प्रधान, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठलाई सल्लाहकार चयन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिइन ।
संस्था स्थापना गर्ने, विभिन्न समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र संस्था सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने शेयर सदस्यहरु मध्येबाट सल्लाहकार चयन गर्ने संस्थाको कार्यविधि अनुसार यस पटक ७ जनालाई सल्लाहकार चयन गरिएको अध्यक्ष जिसीले बताइन ।
संस्थाले विभिन्न १२ वटा विषयगत उप–समितिहरु समेत गठन गरेको छ । उप–समितिको संयोजकमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु रहनु भएको छ । उप–समितिका सदस्यहरु शेयर सदस्यहरु मध्येबाट चयन गरिने जनाइएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार २०:३४ 20 February, 2023 8:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।