काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । समायोजनपछिको मूल्य २६३ रुपैयाँ ४८ पैसा कायम भएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य ३२६ रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजनपछि यसको सेयर मूल्य प्रतिकित्ता ३१० रुपैयाँ ४८ पैसा कायम भएको छ । यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि सेयर मुल्य ९८२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य ११ सय ३० रुपैयाँलाई आधार मानेर मूल्य समायजन गरिएको हो । अब यी सबै कम्पनीहरुको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।
Comment