एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी र संचालकमा भारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी र संचालकमा भारी नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी तथा सञ्चालक सदस्यमा दिनेश भारी नियुक्त भएका छन् । लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकले राठी र भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो ।

लघुवित्त वित्तीय संस्थाको फागुन ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो।

नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले आजै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका हुन ।

सन्तोष कुमार राठी र दिनेश भारी हाल एनआईसी एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार १७:०७