नेप्से २३.६० अंकले घट्याे,कारोबार रकममा भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से २३.६० अंकले घट्याे,कारोबार रकममा भने सामान्य सुधार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा बन्द भएको हो ।

सोमबार कारोबारमा आएका २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्रि हुँदा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएको ट्रेडिङ समूहको उपसूचक ९ अंकले बढेको छ भने बांकी सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक १०.११, विकास बैंक३८.८६, वित्त १४.८६, होटल २७.९७, जलविद्युत २४.०६, जीवन बीमा ८६.६६ माइक्रोफाइनान्स १०५.०६, निर्जीबन बीमा ६३.२५, र अन्य समूहको उपसूचक २२.१५ अंकले घटेको छ ।

आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २० करोड ८२ लाख ५६ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : 20 February, 2023 3:44 pm