काठमाडौं । दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ । त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो । साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको २० प्रतिशतले हुन आउने कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता निष्कासन गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । साथै, आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट फागुन २५ गतेसम्म दिन सक्नेछन्।
स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ७ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
Comment