जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछन् ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार ११:०६