२ अर्ब ५० करोडकाे नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक,कति पाइन्छ ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ अर्ब ५० करोडकाे नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक,कति पाइन्छ ब्याज ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । बैंकले याे बचतपत्र ५ वर्षे अवधिकाे आगामी चैत ६ गतेदेखि जारी गर्न लागेको हो ।

बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार सो बचतपत्रको ब्याजदर ६/६ महिनामा भुक्तानी हुनेछ । उक्त व्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकएिको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाएको प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र दिइने बैंकले जनाएको छ ।

रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रहकम बिना ब्याज निष्काशन मितिको ७ दिन भित्र फिर्ता गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७९, आईतवार १३:४६