समिट लघुवित्तको संस्थापक सेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समिट लघुवित्तको संस्थापक सेयर बिक्रिमा



काठमाडौ । समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । यसमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा के कति कित्ता सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समय भित्र हाल कायम संस्थापकहरुबाट कुनै निवेदन नआएमा अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने संस्थाले जनाएको छ ।

प्रकाशित : 19 February, 2023 12:36 pm