कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो।

यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो। नवनियुक्त सीईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।

कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए। तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन्।

गुरुङसँग बैंकिङ क्षेत्रमा साढे २ दशक बढी काम गरेको अनुभव छ। गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। हिमालयन बैंकमा एक दशक काम गरेका उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे।

ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि गुरुङले नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए। उनले मेगा बैंकमा साढे २ वर्ष काम गरे। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए। गुरुङ सिभिल बैंकको सीईओसमेत बने।

सिभिल बैंक छाडेर गुरुङ म्यानमारको बैंकमा काम गर्न पुगे। त्यहाँ उनले म्यानमार सिटिजन्स बैंकमा सीईओकै जिम्मेवारीमा काम गरेका थिए।

प्रकाशित : ७ फाल्गुन २०७९, आइतबार १२:०७ 19 February, 2023 12:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।