कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट



काठमाडाैं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ५ जनाको नाम छनोट समितिले सिफारिस गरेको छ । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनोट समितिले सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टको पहिलो नम्बरमा गोविन्द गुरुङ, दोस्रो नम्बरमा प्रताव सुवेदी र तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने सर्टलिस्टमा परेका छन् । यसैगरी बद्रि गुरागाईं र विष्णुदेव यादव पनि सर्टलिस्टमा परेका छन् । अब सिफारिस भएकाहरु मध्येबाट एक जना बैंकको सीईओ नियुक्त हुनेछन् ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार ०८:००