वाणिज्य बैंकले पनि जारी गर्ने भयो ३० प्रतिशत साधारण सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वाणिज्य बैंकले पनि जारी गर्ने भयो ३० प्रतिशत साधारण सेयर



काठमाडौं ६ माघ । सर्बसाधारणलाई सेयर दिन बाँकी रहको एक मात्र बाणिज्य बैंक राष्ट्रिय बाणिज्य बैंकले सर्बसाधारणलाई ३० प्रतिशत सेयर दिने भएको छ । बैंकले सेयर निस्कानको प्रक्रिया सुरु गरिसकेको जनाएको छ । बैंकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालु आर्थिक वर्षभित्रै सेयर निष्कासन गर्न आवश्यक प्रक्रिया पूरा गर्ने बताए ।

बैंकले २ वर्षअघि सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको थियो । बाणिज्य बैंकलाई साधारण सेयर जारी गर्न दिने निर्णय सरकारले गरिसकेको छ । उक्त निर्णयलाई बैंकको सञ्चालक समितिले अनुमोदन गरिसकेको प्रमुख कार्यकारी श्रेष्ठले जानकारी दिए ।

बाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । बैंकले अघिल्लो वर्षको त्यही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले आर्थिक बर्षको पहिलो ६ महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा लगानी र निक्षेप अनुपात (सीडी रेसियो) ६६÷३४ प्रतिशत छ ।

चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको बाणिज्य बैंकको भाखा नाघेको कर्जा ३ प्रतिशत हारहारीमा छ । बैंकले धितोपत्रको कारोबार गर्न आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड स्थापना गरिसकेको छ । बैंकले लघुवित्त संस्था समेत स्थापना गर्ने तयारी गरेको जनाएको छ । बैंकका ६८ जिल्लामा १ सय ७१ शाखा र ९० वटा एटिएम मेसिन छन् ।

प्रकाशित : ६ माघ २०७३, बिहीबार ०९:०९