अब आइएमई पेबाट सजिलै ट्राफिक फाइन तिर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अब आइएमई पेबाट सजिलै ट्राफिक फाइन तिर्न सकिने



काठमाडौं । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार १०:४१