रोकिएन सेयर बजारको ओरालो यात्रा, २१.१५ अंकले घट्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रोकिएन सेयर बजारको ओरालो यात्रा, २१.१५ अंकले घट्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से्) काे ओरालो यात्रा कायमै रहेको छ । आज नेप्से २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा बन्द भएको हो ।

बिहीबार कारोबारमा आएका २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्रि हुँदा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ८.६५, विकास बैंक ४६.०६, वित्त २५.५१, होटल ३९.४०, जलविद्युत ३७.५९, जीवन बीमा १४४.०९ माइक्रोफाइनान्स ५६.३७, निर्जीबन बीमा १२४.०२, ट्रेडिङ समूहको उपसूचक ३३.९१ र अन्य समूहको उपसूचक ०.४४ अंकले घटेको छ ।

आज सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको सेयरमूल्य बढेको छ भने युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड ३८ लाख २७ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार १५:४०