सहकारीका सञ्चालक र व्यवस्थापनले लिएकाे ऋण असुलीलाई पहिलाे प्राथमिकता दिनुपर्छ: महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीका सञ्चालक र व्यवस्थापनले लिएकाे ऋण असुलीलाई पहिलाे प्राथमिकता दिनुपर्छ: महासंघ



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले विश्व अर्थतन्त्रमा संकुचन परेका कारण अन्य क्षेत्र झै सहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सरोकारवाला निकायले सुधार गर्नुपर्ने माग राखेको छ । महासंघले वर्तमान समस्या समाधानार्थ अभियान र सरकारको संयुक्त पहलकदमी आवश्यक भएकाेले तत्काल र दिर्घकालमा गर्नुपर्ने कार्यबारे बिहिबार विज्ञप्ती जारी गरी सरोकारवाला निकायलाई आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘विश्व अर्थतन्त्रमा संकुचन परेका कारण अन्य क्षेत्रमा भै सहकारी क्षेत्र समेत प्रभावित भएको व्यहोरा विदितै छ । यस अवस्थामा राष्ट्रिय सहकारी महासंघ गम्भिर भई सहकारी क्षेत्रको वर्तमान समस्याको अध्ययन, विश्लेषण तथा आवश्यक समन्वय गर्न समस्याउन्मुख संस्थाहरुको सहजीकरण उपसमिति समेत गठन गरी निरन्तर क्रियाशिल रहँदै आएको छ । वर्तमान समस्या समाधानार्थ अभियान र सरकारको संयुक्त पहलकदमीको आवश्यक भएको हुँदा तत्काल र दिर्घकालमा गर्नुपर्ने कार्यहरुबारे सम्मानीय प्रधानमन्त्री, सम्मानीय सभामुख, माननीय अर्थमन्त्री, माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री, माननीय कानून मन्त्रीदेखि संघीय सहकारी विभागका रजिष्ट्रारलाई समेत सुझाव पेस गरिसकेको छ ।

यस सन्दर्भमा सहकारी अभियानप्रति विश्वासको वातावरण सिर्जना गर्न सरकारको समेत अभिभावकिय भूमिका निर्वाह हुनुपर्ने अभियानको ठहर छ । साथै, सहकारी ऐनमा भएको प्रवर्धनात्मक व्यवस्थाहरु कर्जा सूचना केन्द्रको स्थापना, कर्जा असुली न्याधिकरणको गठन, सहकारी प्रवर्द्धन कोषको परिचालन, बचत तथा ऋण सुरक्षण कोषको स्थापना र स्थिरिकरण कोषको प्रभावकारी संचालन नहुनाल अभियानमा समस्या सिर्जना भएको हुदा यस तर्फ सरकार गम्भिर भई कार्यान्वयनका गर्न जोडदार माग गर्दछौं ।

साथै, ७३ लाखभन्दा बढी आमनागरिक आवद्ध भएको र ७ खर्बभन्दा बढी पूँजी परिचालन भएको लागि जोडदार माग गर्दछौं । क्षेत्रलाई नै खुम्चाउने गरी कुनै कार्य नगर्न सरकारलाई अनुरोध गरेकाे विज्ञप्तीमा उल्लेख छ ।


मागहरु :
● सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा तोकिनु सहकारी अभियानको लागि गम्भिर विषय हो । यसबाट सहकारी अभियानलाई सङ्कुचित बनाउन खोजिएकाले उक्त प्रस्तावित दफालाई हटाउन महासंघ जोडदार माग गर्दछ ।

● बैंक वित्तिय संस्थामा बजार अनुरुप स्वचालित रुपमा ब्याजदर घटबढ हुने भएपनि सहकारीमा सन्दर्भ ब्याजदरका कारण स्वचालित रुपमा व्याजदर परिवर्तन हुन नसक्ने अवस्था रहेकोले यस क्षेत्रको पूँजी पलायन भएका कारण समस्या सिर्जना भएकाले तत्काल सन्दर्भ ब्याजदर पुनारावलोकन गर्न र सहकारी नियमावली संशोधन गरी सन्दर्भ व्याजदर स्वचालित रुपमा घटवढ हुने व्यवस्था हुनुपर्ने ।

● सहकारीमा वर्तमान अवस्थामा चुनौतीको रुपमा देखिएको तरलताको व्यवस्थापनका लागि महासंघको निर्देशनअनुसार बचत तथा ऋण सहकारीको छाता संघ नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकद्वारा स्थापना र्जाका रुपमा रू. १० अर्ब योगदान गर्नुपर्ने ।

● विद्यमान तरलताको समस्यालाई मध्यनजर गर्दै सहकारी संस्थाले लगानी गरेको ऋणलाई पुर्णतालिकीकरणर पुर्नसंरचना गर्ने प्रावधान एवम उक्त ऋणहरुको वर्गीकरण २०७९ असार मसान्तमा रहेको वर्गमा कायम गर्ने गरी सहकारी विभागमार्फत निर्देशन जारी गरिनुपर्ने ।

●सहकारीको मूल्य, मान्यता, सिद्धान्तअनुसार स्वनियमन र सुशासन कायम गर्नका लागि अभियानको समेत सहभागितामा सेकेन्ड टायर इन्टिच्युटको व्यवस्था गर्नुपर्ने ।

●सहकारी अभियानप्रति सदस्यमा विश्वासको वातावरण सिर्जना हुने गरी सरकारले अभिभावकत्व निर्वाह गर्दै सहकारी व्यवसायको हित हुने गरी सन्देश प्रभाव गर्नुपर्ने ।

● सहकारी संघ /संस्थाको ऋण असुलीमा सहयोगी भूमिका निर्वाह गर्दै सरकारले संघ संस्थाबाट ऋणीको नामको चल अचल सम्पत्ती रोक्काका लागि अनुरोध भइआएमा त्यसलाई सहज रुपमा ऋण सुरक्षण गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने ।

● सहकारी संस्थाले समेत सञ्चालक तथा व्यवस्थापनले लिएको ऋण असुलीलाई पहिलो प्राथमिकताम राखी जोखिम न्युनीकरणका सम्पूर्ण उपायहरु अवलम्बन गर्नुपर्ने ।

● सहकारी संघ र संस्था सदस्यद्वारा संचालन र नियन्त्रण हुने भएकाले सदस्यले आफ्नो संस्थाला समस्यामा पर्न नदिनका लागि जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ।

साथै, यस प्रतिकूल अवस्थालाई ध्यानमा राखी संघरसंस्था सुसञ्चालनमा केन्द्रित हुन सम्पूर्ण सहक संघरसंस्थालाई समेत आव्हान गर्दछौं ।
सहकारी संघ संस्थाहरुले आफ्नो सदस्यहरुसँग सहज अवस्थाको भन्दा बढी नियमित सम्पर्क तथा समन गरी सेवा प्रवाह गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, खराब कर्जा असुलीमा विशेष ध्यान दिन लागि समेत यसै प्रेस विज्ञप्तीमार्फत आव्हान गर्दछौं । यस प्रतिकूल अवस्थामा संचारकर्मीसहित स सरोकारवाला निकायलाई आवश्यक समन्वय र सहकार्य गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।’
धन्यवाद । जय सहकारी

प्रकाशित : 16 February, 2023 2:58 pm