इङ्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न पायो बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

इङ्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न पायो बोर्डको अनुमति



काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार इङ्वा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ।

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ। जसअनुसार संस्थापक समूहको ४२ लाख कित्ता सेयर रहेको छ। इङ्वा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार १२:००