फागुन १४ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फागुन १४ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । सिभिल बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि रोक्का हुने भएको छ । बैंकले १५ कार्यदिनका लागि सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई पत्र पठाएको हो ।

सिभिललाई हिमालयन बैंकले एक्वायर गरेपछि फागुन १२ गतेदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुँदैछ । तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर कारोबार रोक्का गरिदिन सिभिलले आग्रह गरेको हो ।

यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार ११:५०