नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा अपि पावर कम्पनी र उपकार लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।

यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गरेका छन् । अपि पावरको समायोजनपछिको मुल्य २६६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । यस कम्पनीको ७.५० प्रतिशत बोनस सेयरपछिको मुल्य समायोजन भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर कर तिर्न ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उपकार लघुवित्तको समायोजनपछिको मुल्य २ हजार ३१० रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको ६१.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यस कम्पनीले गत वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार ११:३६