मुद्रास्फीति अपेक्षा सर्वेक्षण: ३ महिनामा १० प्रतिशत मुल्य वृद्धि हुने अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुद्रास्फीति अपेक्षा सर्वेक्षण: ३ महिनामा १० प्रतिशत मुल्य वृद्धि हुने अपेक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तरवार्तामार्फत सर्वेक्षण गरेको हो ।

जसमध्ये ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको हिस्ता २०७९ असोजको तुलनामा घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा बढेको सर्वेक्षणमा देखिएको छ ।

गैर-खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा केही घटेको छ ।


तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामासमान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार १६:१६