काठमाडौं । बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से्) को ओरालो यात्रा कायमै रहेको छ । आज नेप्से १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा बन्द भएको हो ।
बुधबार कारोबारमा आएका २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्रि हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२.७९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएको उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४६.८० अंकले बढेको छ । बाकी सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ६.७९, विकास बैंक २०.२८, वित्त १६.४७, होटल ३९.७२, जलविद्युत २४.५०, जीवन बीमा ११६.३९, माइक्रोफाइनान्स २९.८४, निर्जीबन बीमा ७२.११, ट्रेडिङ समूहको उपसूचक ९.८३ र अन्य समूहको उपसूचक १७.१९ अंकले घटेको छ ।
आज सबैभन्दा बढी युनिलिभर नेपालको सेयरमूल्य बढेको छ भने गरिमा डिभेञ्चर २०८५ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६ करोड २० लाख ९ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment