विजय लघुवित्तको सेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विजय लघुवित्तको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। लघुवित्तले मानवीय त्रुटिका कारण त्यस्तो हुन गएको र अब आइन्दा सचेत रहने प्रतिबद्धता सहितको पत्र पठाएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो।

लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार गत माघ २६ गतेदेखि रोक्का गरेको थियो। नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि विजय लघुवित्तलाई निर्देशन दिएको थियो।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार १६:३८