काठमाडौं । नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने नयाँ स्वादमा पेय पदार्थ लञ्च गरिएको हो ।
चार्ज्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा बेरी बोल्ट नयाँँ स्वाद थपिएको । उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
“नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ,’ कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”
त्यस्तै, बोटर्लस् नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको बताए । चार्ज्र्डको लन्चले आफ्नोे उत्पादन पोर्टफोलियोलाई विस्तारसँगै युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गरेको उनको भनाइ छ । चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।
Comment