फागुन १२ गतेदेखि एकिकृत कारोबार गर्दै हिमालयन र सिभिल बैंक, चार दिन काउन्टर सेवा बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फागुन १२ गतेदेखि एकिकृत कारोबार गर्दै हिमालयन र सिभिल बैंक, चार दिन काउन्टर सेवा बन्द हुने



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले फागुन १२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।

प्राप्ति पश्चात बैंकको रष्टिर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । हिमालयन बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूको सिष्टम अपग्रेसन तथा डाटा माईग्रेसनका लागि फागुन ८ गते, फागुन १० गते र फागुन ११ गते सन्ध्याकालिन काउन्टर सेवा बन्द हुनेछ ।

साथै, सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालयहरू फागुन ८ गतेदेखि ११ गतेसम्म बन्द हुने जानकारी समेत बैंकले दिएको छ । सिभिल बैंकको शाखा कार्यालयहरू फागुन ७ गते भने सुचारु हुुनेछ । एकिकृत कारोबार पश्चात् सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैंकको शाखामा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार ११:५७