जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घाेषणा, १५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घाेषणा, १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछन् । गत वर्ष यस लघुवित्तले २५ पतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार ११:३६