काठमाडाैं । यातायात मजदुरले आजका लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएपछि मजदूरहरुले गरेको सार्वजनिक सवारी बन्दको निर्णय फिर्ता लिएका हुन् ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको वार्तामा सरकार आफूहरूको माग सम्बोधन गर्न सकारात्मक भएकाले बन्द फिर्ता लिइएको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
यातायात मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर र पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने, यातायात मजदुरले उठाएको माग र कानून संशोधनका मुद्दालाई यातायात क्षेत्र सुधार कार्यदलले सम्बोधन गर्ने र पक्राउ गरिएका मजद्यूरहरुलाई तत्काल रिहाई गर्ने सहमति भएको जनाइएको छ ।





Comment