काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज बजार १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा आएको हो।
बिहीबार कारोबारमा आएका २५७ वटा कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यसरी बजार दोहोरो अंकले बढ्दा नेप्सेका अंधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ ।
जसमा बैंकिङ समूहको उपसूचक ४.३२, विकास बैंक ५६.१४, वित्त कम्पनी १७.१५, होटल समुहको उपसूचक १२.३८,जीवन बीमा समूहको उपसूचक ८४.८७, उत्पादन तथा प्रशोधन ३४.८४, माइक्रोफाइनान्स १६.५३, निर्जीबन बीमा ५४.३६, जलविद्युत २७.३५, ट्रेडिङ समूहको उपसूचक ८.२१ र अन्य समूहको उपसूचक ३.७६ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज बलेफी हाइड्रोपावर कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, नबिल ब्यालेन्स फण्ड–३ को सेयरमा सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज अपी पावर कम्पनीको भएको छ । यसको आज ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ भन्दा बढीको सेयर किनेबच भएको छ ।





Comment