निर्धन उत्थान लघुवित्तकाे नाफा ६५.८८ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तकाे नाफा ६५.८८ प्रतिशतले घट्याे

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६५.८८ प्रतिशतले कम हो।

गत वर्ष यही अवधिसम्म संस्थाले ४९ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ६५.९१ प्रतिशतले घटेर २३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ७० करोड २० लाख रुपैयाँ भएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ९.०९ प्रतिशतले घटेर ९६ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १७ अर्ब ५ करोड लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २ अर्ब १९ करोड रुपैयाँ संस्थाले रिजर्भको २४.३९ प्रतिशतले बढाएर १ अर्ब ९८ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.३९ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १५.१५ प्रतिशतमा सीमित थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.६८ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २२.५१ रुपैयाँ थियो।

प्रकाशित : २६ माघ २०७९, बिहिबार १४:३६ 9 February, 2023 2:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।