काठमाडौं ।भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ।
नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एमलोड डिस्प्ले र ३० मिनेटको एएसएपी फस्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ।
एक्सटेन्ड प्रो ब्लुटुथ कलिङलाई इन–बिल्ट स्पिकरका साथ आउछ। यसमा एक डायल प्याड रहेको छ, जसमा स्मार्टवाचबाट दशओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्ने जनाइएको छ।
यो स्मार्टवाच उच्चस्तरीय जीवनशैलीका लागि बनाइएको वाचमा ७००एक्टिभ मोडहरू रहेका छन्। वास्तविक–समयमा हृदय गति ट्र्याकिङ, सटीक एसपिओटु अनुगमन, र धेरै वाच फेसहरू र थिमहरूलाई समर्थन गर्ने कम्पनीले जनाएको छ। साथै आइपी ६८ डस्ट र वाटर रेसिस्टेन्सको साथ, एक्सटेन्ड प्रो धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको दाबी गरिएको छ।
१.६९ इन्चको एच् डि कर्भ डिस्प्ले भएको यस बोट वेभ कलमा ब्लुटुथ कल गर्न सकिन्छ। १० दिन सम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा एसपिओटु र मुटु को धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ। त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्टहरु पनि सेभ गर्न मिल्छ । हरेक पहिरन संग मिल्ने बोट वेभ कल १००ं वाच फेस को साथमा आएको छ।
Comment