धितोपत्र बोर्डका अध्यक्ष हमालले ११ महिनामा गरेका १० काम सार्वजनिक, के-के हुन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

धितोपत्र बोर्डका अध्यक्ष हमालले ११ महिनामा गरेका १० काम सार्वजनिक, के-के हुन् ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ११ महिनामा आफ्नो नेतृत्वमा बोर्डले गरेका १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । आफूमाथि सञ्चार माध्यममा निराधार र कपोकल्पित आरोपहरु लगाएको भन्दै उनले त्यसको खण्डन गर्दै १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

अध्यक्ष हमालले आज एक विज्ञप्ति जारी गर्दै अध्ययक्ष हमालले पछिल्लो समय आफूविरुद्ध नियोजित रुपमा समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। साथै उक्त समाचारले आफ्नो चरित्रहत्या गर्न खोजिएको र आफूले त्यसलाई गम्भीर रुपमा हेरेको विज्ञप्तिमा उल्लेख छ।

उनले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) स्थापना गर्नसक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ र सी–आस्बा शुल्कदेखि भेञ्चर क्यापिटललाई लाइसेन्स दिने काम सम्पन्न गरेको बताएका छन्

गत फागुनमा नियुक्त भएका हमालले आफूले करिब ११ महिनामा गरेको कामले लगानीकर्ताहरुले मनोबल बढेको र बजार स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी भएको दाबी गरेका छन्।

यी हुन् अध्यक्ष हमालले गरेका काम

प्रकाशित : २३ माघ २०७९, सोमबार १५:०९