सीवाइसी नेपाल लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीवाइसी नेपाल लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले २ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत बर्ष यस अवधिसम्म ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको हो ।

यस बर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत बर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस बर्ष १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको हो ।

खराब कर्जा संकलन पनि गत बर्षभन्दा यस वर्ष कम भएको छ । गत बर्ष २ करोड ८० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस बर्ष खराब कर्जा संकलन गर्न सकेको छैन् । सञ्चालन नाफा गत वर्षको तुलनामा यस बर्ष ३९ दशमलव २८ प्रतिशत कम ३ करोड ९० लाख भएको छ ।

हाल कम्पनीको चुक्तापूँँजी १२ करोड १६ लाख ४१ हजार छ भने जगेडा कोष रकम २४ करोड ७४ लाखभन्दा बढी छ । कम्पनीले दोस्रो त्रैमासम्म १ अर्ब ७७ करोड भन्दा बढी कर्जा सापटी लिएको छ । गत बर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस बर्ष कम्पनीको निक्षेप करिब ४२ प्रतिशत र कर्जा प्रवाह करिब ४५ प्रतिशत बढी भएको छ ।

कम्पनीले यस बर्ष १ अर्ब ५७ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको हो भने ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७० प्रतिशत रहेकोमा यस बर्ष बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३९ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३३३ दशमलव ४३ छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार ११:५८