काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार १.५४ अंकले बढेर २०९६.८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.८९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले बृद्धि भएको छ ।
आइतबार २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको उपसूचक १.६६, विकास बैक ११.७४, वित्त २७.७८, होटल तथा पर्यटन ३२.९६, जलविद्युत ७.४४ र उत्पादन तथा प्रशोधन समूहको ३६.०९ अंकले बढेको छ ।
साथै, जीवन बीमा ५२.९१, माइक्रोफाइनान्स १५.६८, निर्जीबन बीमा समूहको उपसूचक ४०.९७,अन्य ४.७३ र ट्रेडिङ समूहको उपसूचक १७.१४ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ भने इस्टर्न हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन्।
कारोबारका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ६ करोड ४४ लाख २४ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।
Comment