हमाललाई बदनाम गराउन निहित स्वार्थ समुह लाग्योः छोटेलाल रौनियार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हमाललाई बदनाम गराउन निहित स्वार्थ समुह लाग्योः छोटेलाल रौनियार



काठमाडौं । शेयर लगानीकर्ता एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समय नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालको विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूको विषयमा बोल्दै एक स्टाटस पोष्ट गरेका छन् ।

स्टाटसमा भनेका छन्, ‘पुँजीबजारको विकास एवं विस्तारको मुलमन्त्रलाई आत्मसात् गर्दै धितोपत्र बाेर्ड र यसको नेतृत्व गरि राख्नु भएको रमेश कुमार हमालज्यु लाई केहि निहित स्वार्थ समुह र उसले प्रयोग गर्ने माध्यमहरूले वर्तमान नेतृत्वलाई चोट पुर्याउने र समग्र वोर्डको कार्यमा समेत प्रश्नचिन्ह उठ्नेगरी विना प्रमाण औंला उठ्याउने कार्य भईरहेको देखिएको छ ।

राम्रो कार्य आत्मसात गर्न नसक्ने र विभिन्न लांच्छना लगाएर वाधा अड्चन खडा गर्ने समुह र गिरोहको हामि खुलेर घोरभर्त्सना गर्दै हामी सबै लगानीकर्ता साथीहरु एक जुट भएर बिरोध गर्नु पर्दछ।

देहाय बमोजिमका नेपाल धितोपत्र बोर्ड र बर्तमान नेतृत्वले गरेको प्रशंसनीय कार्यहरू तपाई हामि बिच लुकेको छैन ।

१) IPO Share application गर्दा लाग्ने शुल्कमा न्युनिकरण गरी रु. ५० बाट रु. ५ सम्म घटाएको छ ।

२) Merger र Acquisition को नाममा बर्षौ Freeze भई कारोवारमा हुने समस्यालाई मध्यनजर गर्दै यो परम्परालाई तोडेर, लगानीकर्ताहरुको अर्बौको लगानी १५ दिन भित्र फुकुवा हुने ब्यवस्था गर्नु गरिएको छ ।

३) कुनै पनि कम्पनीको मर्जर र एक्युजिशन प्रक्रियाको फाईल ३ दिन भित्र Approve वा कारण सहित रिजेक्ट गर्ने प्रक्रियामा धितोपत्र बोर्डमा पुगिसकेको छ ।

४) खुल्ला प्रतिस्पर्धामा नयाँ स्टक एक्स्चेन्ज (NEW STOCK EXCHANGE), कमोडिटी एक्स्चेन्ज (COMMODITY EXCHANGE) र ब्रोकरको (NEW BROKER LICENSE) लागी आवेदन माग गर्नुका साथै सम्पुर्ण प्रक्रिया अगाडि बढाईसकेको छ। निकट भविष्यमै यो कार्य सम्पन्न भएपछि नेपालको पूंजीबजारमा क्रान्तिकारी परिवर्तन हुनेछ ।

५) नेप्सेमा एउटै कम्पनी YCO ले NOTS System र ब्रोकरको TMS पनि चलाएको अवस्थाले Data Privacy को कुरामा शंका पैदा गरिरहेको थियो, यो समस्याको समाधानको समेत कार्यहरू अगाडि बढाईएको छ साथै Sebon र Nepse ले API को नियमावली पास गरिसकेको अवस्थामा अब निकट भबिस्यमा ब्रोकर साथीहरूले आ- आफ्नै अन्तर्राष्ट्रिय Standard को TMS चलाउने र हामी लगानीकर्ताहरुलाई नयाँ सेवा दिने ढोका खुलेको छ।

६) ईन्साईडर-ट्रेड गर्नेलाई कारबाही गर्ने शुरूवात सेबोनबाट शुरू भैसकेकोले नेपालको पूंजीबजारको धमिराहरू विस्तारै निरुत्साहित हुँदै गएका छन ।

७) नेप्सेको ट्रेडिङ समयमा सूचना चुहाउने कम्पनीलाई कारवाही सुरु भैसकेको छ।

८) सम्माननीय प्रधानमन्त्री , अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरज्यु बाट पूंजीबजार बिकास मैत्री कार्यहरू गर्ने थालनी भैसकेको कुरा सर्व बिधित नै छ।

९) सेबोन र नेप्सेले पूंजीबजारको बिकासको लागी SME Platform को कार्य अगाडि बढाईसकेको छ।

१०) ब्रोकर साथीहरूलाई देशभर शाखाहरु खोल्न १५ दिनभित्र सिफारिस दिने वा लिखित रूपमा कारण सहित किन दिन नसकिने भनेर जानकारी दिने ब्यवस्थाको पहल भैसकेको छ र निकट भविष्यमै कार्यान्वयनको चरणमा छ ।

सके सहयोग गरौं नसके घृणित कार्य बन्द गरौं !

जय पुँजिबजार !

प्रकाशित : २२ माघ २०७९, आईतवार १३:२८