महिला लघुवित्तको साधारणसभा फागुन २१ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

महिला लघुवित्तको साधारणसभा फागुन २१ गते, यस्ता छन् एजेण्डा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले सभा आगामी फागुन २१ गते काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्ट भ्युटार मार्गमा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २२ माघ २०७९, आइतबार १२:४९ 5 February, 2023 12:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।