सिटिजन्स बैंकको सीइओमा पोखरेल पुनः नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको सीइओमा पोखरेल पुनः नियुक्त



काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गणेशराज पोखरेल पुनः नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार १४:११