काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले घटेको छ ।
मंगलबार २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर खरिद बिक्री भएको छ भने २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६.६१ रुपैयाँको कारोबार भएको छ ।
बजार दोहोरो अंकले घट्दा जलविद्युत ०.६० अंकले बढेको छ भने बांकी अधिकांश समुहको परिसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक १०.९३, विकास बैंक ११.२३, वित्त कम्पनी १३.५७,जीवन बीमा समूहको उपसूचक १३२.३८, उत्पादन तथा प्रशोधन ४३.५१, माइक्रोफाइनान्स ५४.०५, निर्जीबन बीमा ३३.६४ अंक घटेको छ । साथै, अन्य समूहको उपसूचक ९.०८ र ट्रेडिङ समूहको उपसूचक १३.०७ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था रहेको छ। त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज रिडी पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यसको १९ करोड २० लाख ५४ हजार रुपैयाँ भन्दा बढीको शेयर किनेबच भएको छ ।





Comment