राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृठ हुने बताए ।

उनले अन्य सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनु भएको थियो ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि।सी।लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार १२:०८